News

'चिन्ता गर्नुपर्दैन दसैँमा सरकारले घर पुर्याइदिन्छ' - मन्त्री लेखक

'चिन्ता गर्नुपर्दैन दसैँमा सरकारले घर पुर्याइदिन्छ' - मन्त्री लेखक
असोज १६ । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बीपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको स्पष्ट पारेका छन् । ramesh-lekhak आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री लेखकले बीपी राजमार्गमा ठूला सवारी चलाउन रुटपर्मिट सरकारले नदिएको बताएका हुन् । ‘बीपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माइक्रो तथा हायस मात्रै चल्ने गर्छन् । सरकारले ठूला सवारीलाई पनि रुटपर्मिट दियो भन्ने हल्ला, आंशकाहरु बजारमा आएका छन्, उनले भने, ’यसमा कुनै सत्यता छैन ।’ यद्यपी उनले प्राविधिक समितिले भने यसबारेमा सरकालाई केही सुझावहरु अघि सारेको बताए । मन्त्री लेखकले दसैँ-तिहारलाई लक्षित गरेर सरकारले सवारीहरुको उचित व्यवस्था, यात्रुवाहक बसहरु बढीभन्दा बढी थप्ने लगायतको सम्पूर्ण व्यवस्था गरिसकेको बताए । उनले भने,‘सरकारले काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीहरुको उचित व्यवस्था लगायत आवश्यक पहल र प्रयत्न गरिसकेको छ, सरल र सुगम तरिकाले सवारीसाधनको व्यवस्था हुँदैछ, कोही पनि यात्रुहरुले चिन्ता गर्नुपर्दैन ।’ यातायात व्यवसायीहरुले समेत दसैं तिहारमा उपत्यकाबाट गन्तव्यसम्म जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसँग व्यक्त गरिसकेकाले यात्रुहरुले चिन्ता गर्नु नपर्ने विश्वास दिलाए । उनले भने,‘यातायात व्यवसायी साथीहरुले जिल्लाजिल्ला अथवा देशव्यापी रुपमा सवारीहरु ल्याएर भएपनि सेवा दिन्छौं भन्नुभएको छ, आशा छ सवारीको अब कुनै कमी हुँदैन ।’ मन्त्री लेखकले आवश्यक परे सरकारले अन्य विकल्प समेत अघि सार्ने जनाए । हालै मात्रैपनि सवारी आवात-जावतको उचित व्यवस्था गर्नेबारे सम्बन्धित सबै निकाय प्रहरी, सेना, र सरकारका मुख्य सचिवबीच छलफल भएको समेत उनको भनाई थियो । उनले पछिल्लो समय सरकारले बनाएको नयाँ नियम बमोजिम क्षमताभन्दा बढि यात्रु बोकेको पाईयो भने कडा कारवाही गर्ने समेत उद्धघोष गरे । लेखकले थपे,‘सवारीको कुनै कमी हुँदैन, जोखिमपूर्ण यात्रा नगरौं, छतमा बसेर यात्रा गर्ने काम नगरौं ।’ सवारी आवातजावतमा कलंकीदेखि नाघढुंगा, नाघढुंगादेखि मुग्लिनसम्म, र मुग्लिनदेखि नारायणघाटसम्मको सडकको मर्मत भैसकेकोले अब त्यसमा पनि कुनै समस्या नहुने उनको भनाई थियो । उनले भने,‘दशैंतिहारमा यी सडक खण्डमा समेत कुनै समस्या हुँदैनन् ।’

dashain ma sabaile ghara jana pane Ramesh Lekhak

विशेष