भूकम्पमा फरार कैदी पक्राउ

असोज–१६ । प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको कारागारबाट फरार लालमान तामाङलाई पक्राउ गरेको छ ।
वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट सिन्धुपाल्चोक जिल्लाको कारागार पूर्ण रुपमा भत्कन गई उक्त कारागार बाट भागी उनी फरार रहेका थिए । तामाङलाई सालकको खपटा ओसार पोसार मुद्दामा जिल्ला वन कार्यालय सिन्धुपाल्चोकको २०७१ कात्र्तिक १३ गतेको फैसला बमोजिम ७ वर्ष कैद र रु.१,००,००० ।– जरिवाना भई कैद गरिएको थियो ।
तामाङको खोजतलास गर्ने क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलिले मिति २०७३।०६।१६ गते भक्तपुरको कटुञ्जेबाट पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि केन्द्रीय कारागार, जगन्नाथदेवल काठमाण्डौमा बुझाएको छ ।
lalman tamang
Sindhupalchok
