खेल News

खेलकुद मन्त्री रंगशाला पुग्दा गाइबाख्राले खेल देखाएपछि ....

खेलकुद मन्त्री रंगशाला पुग्दा गाइबाख्राले खेल देखाएपछि ....
असोज - १६ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले झापा स्थित भद्रपुरमा जिल्ला स्तरीय रंगशाला निरिक्षण गरेका छन् । आइतबार बिहान पुगेका उनले तुरुन्त रङ्गाशालाको पुर्वाधार निर्माण गरी सरसफाई गर्न समेत निर्देशन दिएका छन् । daljit जिल्लाको रङ्गाशालामा ठूलो घाँसको झाडी र गाइ बस्तु चरेको देखेपछि उनले स्थानिय विकास अधिकारीलाई रङ्गशालालाई व्यवस्थीत बनाउन निर्देशन दिएका छन । स्थानिय विकास अधिकारीले आफूले समयमै रङ्गाशालाको व्यवस्थापकिय सुधार गर्ने प्रतिबद्धता जनाए । सातौँ राष्ट्रिय खेलकुद पुर्वाञ्चलमै हुने भएता पनि माहोल भने नदेखिएपछि मन्त्री श्रीपालीले पुर्वाञ्चलमा उल्लासमय वातावरण बनाउने घोषणा गरे । निरिक्षणको क्रममा राष्ट्रिय खेलकुदको तयारी पुगे नपुगेको विषयमा समेत छलफल भएको थियो । स्थानियमा भने खेलकुदको माहोल देखिएको छैन । यद्धपी मन्त्री श्रीपालीले माहोल तयार पार्न निर्देशन दिएका छन् । आकश्मिक रुपमा रंगशाला पुगेका उनले रङ्गाशालालाई गौचरण क्षेत्र बनाइएकोमा कर्मचारीसँग स्पष्टिकरण समेत लिएका थिए । रङ्गशालामा खेलाडी भने थिएनन् । बाहिरका व्यक्तिहरु खेल खेलिरहेका थिए । स्थायी प्रशिक्षक समेत आफ्नो जिम्मेवारी छाडेर रङ्गशालामा नदेखिएपछि मन्त्री श्रीपालीले आक्रोश पोखेका थिए । ‘खेल खेल्ने रङ्गशालामा बाख्रा र गाई भैँसी चराइएको छ, खेलाडीहरु नियमित तालिममा छैनन् नत प्रशिक्षक नै छन्,’ मन्त्री श्रीपालीले भने, ‘सबै प्रशिक्षक र खेलाडीहरुले अब समयमा आएर आफ्नाे भूमिका निभाउनु पर्छ अन्यथा सरकारले आफ्नो कदम अगाडी बढाउँछ । daljeet sreepaili

Daljit Sreepaili Morang Purwanchal khelkut pratiyogita

विशेष