उपत्यकामा भूकम्पबाट क्षति भएका घरको सर्वेक्षण सकियो

असोज–१६ । केन्द्रीय तथ्यांक विभागले उपत्यकामा भूकम्पले क्षति गरेका १ लाख १५ हजार ८ सय ३ घरको सर्वेक्षण सकेको छ ।
विभागका अनुसार काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६ सय ६१ घरको सर्वेक्षण सम्पन्न भएको छ ।
भूकम्प प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएकोमा काठमाडौं उपत्यकामा भेरीफिकेसन मोडलबाट घर सर्वेक्षण गरिएको हो ।
सर्वेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्ने काम पनि सुरु भएको छ ।
bhukampa bata chhyati
ganana garne kam sakiyo
kathmandu
