पाकिस्तानप्रति लक्षित गर्दै मोदीले यस्तो भने ................

असोज–१६ । दिल्लीमा प्रवासी भारतीय केन्द्रको उद्घाटनमा प्रधानमत्री नरेन्द्र मोदीले पाकिस्तानलाई उद्धृत गर्दै आफूहरु अरुको जमिनको भोको नभएको बताएका छन् ।
’भारत कहिले जमिनको भोको रहेको छैन । कहिले कसैमाथि हामीले आक्रमण गरेका छैनौं’, मोदीले पाकिस्तानप्रति लक्षित गर्दै भने, ’हामीले अर्काका लागि बलिदान दिएका छौं । हाम्रा डेढ लाख भन्दा धेरै जवानहरु प्रथम र दोस्रो युद्धमा मारिएका थिए ।’
मोदीले बताए, ‘हामीसँग विश्वलाई दिने धेरै थोक छ । विश्वका १५० देशमा प्रवासी भारतीय बस्छन्’ , उनले भने, ’विश्वमा भारतीयलाई लिएर जिज्ञासा बढिरहेको छ । हामीलाई केवल संख्याको आधारमा मात्र होइन, शक्तिको आधारमा पनि हेर्न जरुरी छ ।’
विश्वका कुनै पनि देशमा आपत् आइलाग्दा भारतले सधैं सहयोगको हात बढाएको मोदीको दाबी थियो ।
Narendra modi
