खेल News

'नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको छ' - भारतीय क्रिकेट टोलीका पूर्वकप्तान जडेजा

'नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको छ' - भारतीय क्रिकेट टोलीका पूर्वकप्तान जडेजा
असाेज - १६ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताएका छन् । ajay jadeja ‘जोहरा स्पोटर्स म्यानेजमेन्ट’को आयोजनामा अाइबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको स्मरण गगरे । “उनीहरु (नेपाली क्रिकेट टोली)ले गरेको त्यो ठूलो उपलब्धि हो', उनले भने, 'यसले नेपाली क्रिकेट अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखाउँछ ।' जडेजाले कीर्तिपुर क्रिकेट मैदानको पनि प्रशंसा गरे । “नेपालमा यति राम्रो प्राकृतिक मैदान रहेछ, त्यसैले कृत्रिम रङ्गशाला बनाउन हतारो नगर्दा हुन्छ”, उनले भने । जडेजाले क्रिकेट रङ्गशालामा मन डुलाउनुभन्दा गुणस्तरीय ब्याट, बललगायत क्रिकेट सामग्री जोड्नमा ध्यान दिन नेपाली क्रिकेटकर्मीलाई आग्रह गरे । पूर्वकप्तान जडेजा यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार हुने फाइनल खेलका लागि प्रमुख आतिथ्य ग्रहण गर्न शनिबार काठमाडौँ आएका हुन् । उनले शनिबारै कीर्तिपुर क्रिकेट मैदानको भ्रमण गरेका थिए । प्रतियोगिताको फाइनलमा सोमबार राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली कलर्स एक्स फ्याक्टर्स र नेपाली क्रिकेट टोलीका व्याट्सम्यान शरद भेषावकरको पञ्चकन्या तेजबीच उपाधिका लागि भिडन्त हुनेछ ।

Ajay jadeja Cricket Nepali Cricket Nishesh Khanal

विशेष