खेल ताजा खबर News

ला लिगामा बार्सिलोना हार्यो, एथलेष्टिको मड्रिड लिग तालिकाको शिर्ष स्थानमा

ला लिगामा बार्सिलोना हार्यो, एथलेष्टिको मड्रिड लिग तालिकाको शिर्ष स्थानमा

barca

असोज १७ । स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । जसको फाइदा एथ्लेटिको मड्रिडलाई भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टभियोसँग ४–३ ले पराजित भएको छ । पहिलो हाफमा बार्सिलोना ३–० ले पछाडि परेको थियो ।

दोस्रो हाफमा बार्सिलाना खेलमा फर्कने संकेत देखायो । ५८ औं मिनेटमा जेरार्ड पीकेले हेडगोल गरे भने ६४ औं मिनेटमा पाएको पेनाल्टमिा नेयमारले गोल गरे ।तर, ७७ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै सेल्टाभिगोको अग्रता ४–२ मा पु¥याए । ८७ मिनेटमा पिकेले अर्को गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् । त्यस्तै अर्को खेलनमा खेलमा रियल मड्रिड एइबरसँग १–१ को बराबरीमा रोकिएको थियो । सिजनको सुरुवाति खेलमा लगातार जित हात पारेको रियल मड्रिडले त्यसपछि लगातार तीन लिग खेलमा अंक बाड्नु परेको छ ।

त्यस्तै गए राति नै भएको खेलमा भ्यालेन्सियालाई २–० ले हराएको एथ्लेटिको मड्रिड १५ अंकसहित अंक तालिकाको शीर्ष स्तानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान अंक छ भने सेभिल्ला १४ अंकसहित तेस्रो र बार्सिलोना १३ अंकसहित चौथो स्थानमा छ ।

Barcilona la liga

विशेष