News

कास्कीमा बस दुर्घटना, एक बालकको मृत्यु, २६ घाइते

कास्कीमा बस दुर्घटना, एक बालकको मृत्यु, २६ घाइते

Accident

असोज १७ । पोखराबाट बागलुङ जाँदै गरेको बस कास्कीको याम्दी पुल नजिक सोमबार बिहान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । घटनामा २६ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा २ वर्षका बालक छन् । उनको नाम खुल्न बाँकी छ । घटनाका २४ घाइतेहरुको उपचार पोखरास्थित मणिपाल मेडिकल कलेजमा भइरहेकोछ । ग १ ख ६१६९ नम्बरको बस अनियन्त्रित भइ सडकमै पल्टेको थियो ।

विशेष