ताजा खबर विदेश News

भारतिय सैनिक क्याम्पमा हमला ३ जनाको मृत्यु

भारतिय सैनिक क्याम्पमा हमला ३ जनाको मृत्यु

nepal

असोज १७ । भारत प्रशासित जम्मु काश्मिरको बारामुला जिल्लामा अवस्थित भारतीय सैनिक क्याम्प छेउमा चरमपन्थीले आक्रमण गरेका छन् । भारतीय सैनिकले उक्त क्षेत्रको स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।

समाचार संस्था बीबीसीका अनुसार जवाफी कारबाहीमा दुई जना विद्रोही मारिएको जनाएको छ । आक्रमणमा एक अर्ध सैनिक जवानको मृत्यु भएको र दुई जना जवान घाइते भएको छ । हमला भएको स्थान भारतीय सैनिक मुख्यालयबाट तीस किलोमिटर दूरीमा रहेको जनाइएको छ । निकै कडा सुरक्षा व्यवस्थाबीच कसरी चरमपन्थीहरु सो सैनिक इलाका नजिक पुगे भन्ने प्रश्न उठेको छ ।

BBC

विशेष