News

काबुल घटनाका मृतक र घाइतेप्रति सरकारले चाेसाे नदिएकाे पीडितहरुकाे अाराेप

काबुल घटनाका मृतक र घाइतेप्रति सरकारले चाेसाे नदिएकाे पीडितहरुकाे अाराेप
साउन - १७ । हालै अफगानिस्ताको कावुलमा तालिवानको आतंककारी हमलामा परी मृत्यु भएकाका आफन्त र घाईतेहरुले सरकारले अहिलेसम्म पीडितहरुको बारेमा कुनै चासो नदेखाएको आरोप लगाएका छन् । उक्त घट्नाका मृतकका आफन्त र घाइतेका परिवारले काठमााडौमा पत्रकार सम्मेलन गर्दे घाईते अमृत रोका क्षेत्रीले आफूहरुलाई सरकारले अहिलेसम्म कुनै ठोस पहल नगरेको गुनासो पाेखे । उनले उक्त घटनामा निधन भएकाहरुलाई ब्रिटिश कम्पनीले पनि मात्रै ३० हजार डलर मात्रै प्रदान गरेको र घाईतेहरुलाई तीन महिनामात्रै उपचार गरेको जानकारी गराए । उनका अनुसार उक्त व्रिटिश कम्पनीसँग सन् २०११ मा कामको सिलसिलामा निधन भएमा ३ लाख डलर प्रदान गर्नेवारेमा सम्झौता गरेको थियो । कार्यक्रममा मृत्तक विदुर सुवेदीकी श्रीमति गंगा सुवदीले पनि ३० हजार डलरले मात्रै नपुग्ने बताउँदै क्षतिपूर्तिको रकम थप गर्नुपर्ने बताइन्। त्यस्तै कार्यक्रममा क्यानडा मामिलासम्बन्धी प्रमुख दिपकमोहन भट्टराईले मृत्तकका आफन्तलाई र घाईतेहरुलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने विश्वास दिलाए ।

Kabaul Attack Victim

विशेष