सिटीको अपराजित यात्रामा पूर्णविराम

असोज–१७ । इङलिस प्रिमियर लिग अन्तर्गत अपराजित यात्रा गरिरहेको टोली म्यानचेष्टर सिटीले हार व्यहोरेको छ । आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी टोटमह्यामसँग २–० गोलको अन्तरले पराजित भएको छ ।
खेल सुरु भएको ९ औं मिनेटमै म्यानचेस्टर सिटीका कोलोरोभले आत्मघाती गोल गर्दा टोट्नह्यामले खेलमा सुरुवाती अग्रता पाएको थियो । खेलको ३७ औं मिनेटमा अलिले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको समय अवधि भर कुनै गोल भएन र खेल टोटनह्यामले २–० गोलले जित्यो ।
जारी लिगमा हारका बाबजुद म्यानचेस्टर सिटी ७ खेलबाट १८ अंक सहित लिगको शीर्ष स्थानमा यथावत रहँदा टोटनह्यामसमान खेलबाट १७ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
English Primiar Loge
football
manchester city
