विदेश

इथोपियामा धार्मिक पर्व चलिरहेको ठाउँमा भागदौड हुँदा ५२ जनाको मृत्यु

इथोपियामा धार्मिक पर्व चलिरहेको ठाउँमा भागदौड हुँदा ५२ जनाको मृत्यु
असोज–१७ । इथोयोपियामा प्रदर्शनको क्रममा ५२ जनाको ज्यान गएको छ । ओरोमिया क्षेत्रमा धार्मिक पर्व चलिरहेको ठाउँमा भएको प्रदर्शनको क्रममा भागदौड हुँदा धेरैको ज्यान गएको हो । घटनामा अन्य धेरै घाइते भएको प्रधानमन्त्री हाला मारियम डेसालनले बताएका छन् । [caption id="attachment_31246" align="aligncenter" width="624"]mediaitem बिबिसि[/caption] यस घटनामा प्रदर्शनकारी नै जिम्मेवार रहेको प्रधानमन्त्री डेसालनले दाबी गरेको बिबिसीले जनाएको छ । प्रदर्शनकारीले उत्सव चलिरहेको ठाउँमा सरकारी सुरक्षाकर्मीले गोली चलाउँदा भागदौड भएको बताएका छन् । तर प्रधानमन्त्री डेसालनले भने सुरक्षाकर्मीले गोली नचलाएको दाबी गरेका छन् । [caption id="attachment_31248" align="aligncenter" width="624"]oromia_reutersh बिबिसि[/caption] राजधानी एडिस अबाबाबाट ४० किलोमिटर पर रहेको बिशोफ्तु शहरमा भएको उत्सवमा सरकारी अधिकारीले भाषण गर्न थालेपछि प्रदर्शनकारीले त्यसको विरोध गरेका थिए । त्यसपछि सुरक्षाकर्मीले गोली चलाएको र अवस्था नियन्त्रण बाहिर गएको प्रत्यक्षेदर्शीले बताएका छन् । सरकारले ५२ जनाको ज्यान गएको भने पनि घटनामा एक सय ५० भन्दा धेरैको ज्यान गएको विपक्षीले बताएका छन् । [caption id="attachment_31247" align="aligncenter" width="624"]mediaitem1 बिबिसि[/caption]

Ethiopia

विशेष