News स्वास्थ्य

गाउँभरि डेङ्गु र ज्वरोका बिरामी

गाउँभरि डेङ्गु र ज्वरोका बिरामी
असाेज - १७ । रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिए। अस्पताल आएपछि केही ठीक भयो। घर गएर आराम गर्न थालेका उनमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग्न थाल्थ्यो। अनि उनलाई चित्त बुझेन र फेरि डेङ्गु पो हो कि भनेर शङ्काले आइतबार रत्ननगर बकुलहर अस्पतालमा डेङ्गु परीक्षणका लागि आएका छन्। dengue-fever ढकाल भन्छन् – “गाउँभरि डेङ्गु र ज्वरोका बिरामी छन्, मलाइ पनि डेङ्गु लागेको हो कि भनेर पुनः परीक्षणमा आएको।” रत्ननगरकै लक्ष्मी सेन्च्युरीलाई हनहन्ती १०५ ज्वरो आएको छ। उनी अस्पताल श्ययामा छन्। उनको उपचारका लागि आफन्त आशमाया विक कुरुवा भएर आएकी छन्। लक्ष्मीको पनि डेङ्गुको आशङ्कामा रगत परीक्षण भइरहेको छ। “यो डेङ्गु गाउँभरि छ, गाउँका धेरै मान्छे अहिले बिरामी भएर सुतिरहेका छन्,” आशमायाले भनिन् – “सरकारले नियन्त्रण गर्नुप¥यो।” गाउँटोलभरि ज्वरो फैलिएपछि रत्ननगर टोल विकास संस्था समन्वय समितिका सचिव प्रताप डल्लाकोटी र शिक्षक गोपीलाल श्रेष्ठले बजार क्षेत्रको अवस्था अध्ययन गरे। हरेक मेडिकल अस्पतालमा बिरामीको उत्तिकै चाप रहेको र आएका जति ज्वरोका बिरामी रहेको डल्लाकोटीले जानकारी र्दिए।, तत्कालै नियन्त्रण अभियान नचलाए रत्ननगरमा महामारी फैलने खतरा रहेको डल्लाकोटी आशङ्का गर्छन्। अस्पतालमा भेटिएका बिरामी ढकाल र बिरामीका आफन्त आशमायाको भनाइमा पनि रत्ननगरका बजार क्षेत्रका विभिन्न टोलमा अहिले ज्वरोको प्रकोप फैलिएको छ। रत्ननगर अस्पतालको बिरामी अभिलेख शाखाकी अहेब विमला शर्मा अहिले बिरामीको चाप अस्पतालमा बढेको बताउँछिन्। भदौ १६ गते अस्पतालमा १३४ जना बिरामी उपचारका लागि आएका थिए। एक महिनापछि असोजको १६ गते उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेर २८४ पुगेको शर्माले जानकारी दिईन्। आएका पनि धेरै ज्वरोका बिरामी छन्। यसले पनि बिरामीको चाप बढेको देखाउँछ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइराला रत्ननगरमा गरिएको अनुगमनमा ज्वरोका बिरामी प्रशस्तै देखिएको र उनीहरुमध्ये अस्पताल आएका धेरैलाई डेङ्गु भएको बताउँछन्। अहिले डेङ्गुको नियन्त्रण अभियान थालिएको छ।

Dengue Feber Ratnanagar

विशेष