ताजा खबर विदेश News

इराकमा आत्मघाती आक्रमण १० जनाको मृत्यु

इराकमा आत्मघाती आक्रमण १० जनाको मृत्यु
People inspect the site of a suicide car bomb in the Karrada shopping area, in Baghdad

असोज १८ । इराकको राजधानी बग्दादमा सोमबार भएको आत्मघाती आक्रमणहरूमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । दुई सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको यस आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० भन्दा बढी घाइते भएको सुरक्षा र चिकित्सक स्रोतले जानकारी दिएका छन् ।

दक्षिणी बग्दादको छिमेकमा पर्ने आमिल बजार इलाकामा भएको भीषण बम आक्रमणमा कम्तीमा ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका थिए । त्यसैगरी बस, ट्यासीहरूका ग्यारेज र सिया धर्मका व्यक्तिहरूका लागि त्रिपालको बन्दोबस्तगरी चियाखाजाको बन्दोबस्त मिलाइएको स्थाननजिकै भएको अर्को बम विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसप्रकारको आक्रमण बारम्बार गराइरहने इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहको नै हात रहेको प्रंहरीले आशङ्का गरेको छ

Iraq

विशेष