श्रममन्त्रीको अगाडी कांग्रेस कार्यकर्ताको कुर्सी फालाफाल
असोज १८ । नेपाली कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिको विवादका कारण सोमबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ ।
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरेको जनाउँदै असन्तुष्ट पक्षले ब्यानर च्यात्नुका साथै कुर्सी फालेका थिए ।
तनाब उत्पन्न भएपछि कार्यक्रमका वक्ताले सम्बोधन गर्न पाएनन् । समितिका प्रस्तावित अध्यक्ष कार्कीले भने आफूहरुले विधिवत् भेला गरेको र सहमतिमा नयाँ समिति गठन गरिएको जिकिर गरे । अघिल्लो अधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष राजन दाहाललाई जानकारी नदिइ कार्यक्रम गरेको जनाउँदै केहीले असन्तुष्टि जनाएका हुन् ।
समितिभित्रको विवादलाई सहमति र परामर्शका आधारमा अन्त्य गर्नुपर्ने पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि रोजन राईले बताए
Congress