ताजा खबर विदेश News स्वास्थ्य

गर्भपतन गराउन पाउनु पर्ने भन्दै महिला सडकमा

गर्भपतन गराउन पाउनु पर्ने भन्दै महिला सडकमा

एजेन्सी । पोल्याण्डमा गर्भपतनमा पूर्णरुपमा रोक लगाउने प्रस्तावको विरोधमा महिलाहरु सडकमा उत्रिएका छन् । प्रस्तावको विरोधमा महिलाहरुले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका हुन् ।

यसको विरोधमा कामकाजी महिलाहरुसमेत कार्यालय गएनन् । छात्राहरुले विद्यालय गएनन् भने घरेलु महिलाहरुले समेत घरको कामकाज ठप्प पारेका छन् । यो हड्ताल सन् १९७५ मा आइसल्याण्डमा भएको महिलाहरुको हड्तालबाट प्रेरित रहेको बताइएको छ । विरोधमा कति महिला छन् भन्ने स्पष्ट नभएको र ठुला सहरमा यसको असर कति पर्ने छ भन्ने स्पष्ट नभएको बताइएको छ ।

यदि यो कानुन पारित भएको खण्डमा पोल्याण्ड युरोपको दुई अन्य देश माल्टा र होली सीमा जस्त गर्भपतनसम्बन्धी कानुन सबैभन्दा कडा हुनेछ । गर्भपतन गराउने महिलालाई पाँच वर्षसम्म जेल सजाय हुन सक्नेछ । यो कानुनमा गर्भपतनमा सहयोग गर्न चिकित्सकलाई पनि जेल सजायको व्यवस्था छ । यो कानुनका आलोचकहरुका अनुसार यो स्थितिमा दुर्घटनावस गर्भपतन भए पनि छानविन हुने बताएका छन् ।

Poland woman

विशेष