ताजा खबर विदेश News

भारतसंग भिड्न तयार रहेको पाकिस्तानी राजनीतिक पार्टीको घोषणा

भारतसंग भिड्न तयार रहेको पाकिस्तानी राजनीतिक पार्टीको घोषणा

pakistan

असोज १८ । पाकिस्तानले काश्मिरको विषयलाई लिएर भारतले झुट प्रचार गरेको आरोप लगाएको छ । जम्मु–काश्मिर तथा त्यसको विषयलाई लिएर भारतसँग बढ्दै गएको तनावका विषयमा पाकिस्तानका प्रमुख राजनीतिक दलबिच छलफल भएको छ ।

छलफलले भारतले अनाबश्यक प्रचार गरेको झुट फैलाएको निस्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्री नवाज सरिफको अध्यक्षतामा त्यहाँका प्रमुख दलहरु बैठकमा सहभागी थिए । बैठकपछि जारी संयुक्त वक्तव्यमा पाकिस्तानका राजनीतिक दलले काश्मिरमा लगातार निर्दोष मानिसको हत्या भइरहेको भन्दै त्यसको निन्दा गरिएको छ ।

पछिल्लो ८७ दिनमा भारत प्रशासित काश्मिरमा एक सय १० जनाको ज्यान गएको पाकिस्तानले बताएको छ । नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक भएको भन्ने भारतको दाबी पाकिस्तानले खारेज गरेको छ ।

India Pakistan

विशेष