ताजा खबर News

अनौठो बच्चा ९ बर्षमा ९ किलोको टाउको

अनौठो बच्चा ९ बर्षमा ९ किलोको टाउको

balak असोज १८ । पाल्पाका मनोज काम्मु अहिले नौ वर्षको भए । नौ वर्षको हुँदासम्म उनी हिडडुल गर्न, बोल्न सक्दैनन् । उनको शरीरको जम्मा तौल १५ किलोग्रामको छ । जसमा उनको टाउकोको तौलमात्र झण्डै नौ किलोग्राम छ ।

‘छोराको उमेर बढ्दै जाँदा टाउको बढ्दै गयो, शरीर सुक्दै । खाना खान समेत सक्दैन । लिटो, दूध, जुस खुवाएर राखेकी छु । पैसा जुटेको खण्डमा उपचार गर्न सकिन्थ्यो कि भन्ने लागेको छ,’ आमा कमला काम्मुले भनिन, ‘गरीबलाई न सरकारले हेर्दा रहेछ, न कसैले । बाँच्नकै लागि तानसेन नगरपालिका–१३ मा आएर मजदूरी गरेका छौं कमलाले भनिन् ।

गरीब परिवारमा जन्मिएकै कारण मनोजको अहिलेसम्म उपचार हुन सकेन । उनकी आमा कमला काम्मु सहयोगको याचना गर्दै बच्चा सहित गाउँ शहर घुमिरहेकी छन् । बुबा भने मजदूरी गरेर परिवार पाल्ने काममा लागेका छन् । गरिबीकै कारण खान नपुगेपछि मजदूरीकालागि चार वर्ष अगाडि जिल्ला सदरमुकाम तानसेन आएर भारीबोक्ने काम गरेको कमलाले बताइन् ।

उनी भन्छिन, ‘छोरा जन्मियो । जन्मिएपछि उपचारकालागि युनाइटेड मिशन अस्पताल पाल्पामा लगियो । त्यहाँ उपचार सम्भव छैन अन्यत्रै लानुपर्छ भनेपछि रकमको अभावमा छोराको उपचार हुन सकेन ।’ अहिले त्यही छोरालाई रातदिन हेरेर दिन बिताउँछु । केही गर्न सक्ने उपाय छैन,’ आमा कमलाले भनिन् ।

कमलाले धेरैले सहयोगकालागि आशा देखाएर गएता पनि कहिकतैबाट उपचार गर्न रकम जुट्न नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘दुईचार लाख भए छोरालाई उपचार हुन्छ कि भनेर अन्यत्रै लैजाने थिए ।’ उनले गरिबीकै कारण अस्पताल जान नसकि घरमै छोरालाई जन्म दिएको बताइन् ।

Balak balak ko mirtue

विशेष