ताजा खबर News

बसको ठक्करबाट २ जनाको मृत्यु

बसको ठक्करबाट २ जनाको मृत्यु

road-accident-logo असोज १८ । रुपन्देहीको सालझण्डी–७ पिपलडाँडामा सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । लु १ ख ९२०८ नम्बरको बसले लु ६ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही सैनामैनाका २० वर्षीय विकास बस्नेत र पछाडि सवार २२ वर्षिय मिन भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार १० महिने बालक आयुष विक घाइते भएका छन् । घाइते बालकको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ ।

road accident Road accident in pokhara

विशेष