News

संसद बैठकमा सांसदको गुनासो, गाडी छैन सास्ती भयो

संसद बैठकमा सांसदको गुनासो, गाडी छैन सास्ती भयो

असोज १८ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सांसदले दसैं–तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधीकार कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी–साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गरेका छन् ।

bicc

सरकारले यात्रुलाई सुविधा नदिएको, दुर्घटना बढेको तथा तोकिएकोभन्दा बढी भाडा असुल गर्दासमेत प्रशासन मूकदर्शक बनेको उनीहरुको आरोप थियो ।

सांसदहरुले स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा भइरहेको विवाद तत्काल समाधान गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने तथा स्थानीय निकायमा विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रलगायत घोषणा गर्नुपर्नेमा जोड दिए ।

यसरी धारणा राख्नेमा भरतकुमार शाह, योगेन्द्र तामाङलगायत थिए ।

BICC gadi xaina samsya vayo

विशेष