नेपाली सेनाले दसैँमा निशुल्क बस सञ्चालन गर्ने

असोज १८ । घर बिदामा जाने सेना तथा उनीहरुका आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले अाफ्नै गाडीमा घर-घरमा पुर्याउने घाेषणा गरेकाे छ ।

असोज १८ गतेबाट २३ गतेसम्म काठमाडौंबाट ईटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटवल, पोखरा, धनगढी, र नारायणगढ सम्म जाने र आउने गरी निःशुल्क बस सेवा सुरु गरेको हो । उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको ६ बजे छुट्ने र प्रति सैनिक व्यक्ति बढीमा ४ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाइएको छ ।
त्यसैगरि, महानवमीदेखि एकादशीसम्म ३ दिन (असोज २४–२६) काठमाडौं उपत्यका भित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने उद्धेश्यले उक्त ३ दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा प्रत्येक दिन ६ बजे, ११ बजे र १६ बजे भद्रकालीबाट ३० सिट क्षमताको १र१ वटा बस निःशुल्क सञ्चालन गर्ने नेपाली सेनाले जनाएको छ । रुट सम्बन्धि विवरण पछि जानकारी गराइनेछ ।
dashain nepali senale bus sanchalan garne pariwar