विदेश

अमेरिकामा गुरुङले हिलारीको समर्थनमा बनाएको टिसर्ट खोसाखोस भएपछि...

अमेरिकामा गुरुङले हिलारीको समर्थनमा बनाएको टिसर्ट खोसाखोस भएपछि...

असोज १८ । प्रबल गुरुङ नेपालका मात्र नभएर विश्व प्रसिद्ध फेसन डिजाइनर हुन् । विदेशमा बसेर नेपालको मान र छविलाई प्रबलले उच्च राख्ने काम गरेका छन् । अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओबामादेखि लिएर बेलायती राजकुमारी केटसम्मले पनि उनको डिजाइन पहिरिएका छन् । नाम चलेका हलिउड सेलिब्रेटिहरको पनि प्रबलले ड्रेसल डिजाइन गरिसकेका छन् ।

 hillar-clinton_prabal-gurung

अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावको लागि हिलारी क्लिन्टन पनि उठेकी छिन् । उनको समर्थन गर्दै प्रबलले बनाएको टिसर्ट यतिबेला अमेरिकामा खोसाखोस भएपछि अहिले प्रबलको व्यापक प्रशंसा भएको छ । हिलारीलाई आर्थिक सहयोग जुटाउन उनले डिजायन गरेको ‘मेड फर हिस्ट्रि’ लिखित रातो टिसर्ट सोल्ड आउट भएको हिलारीको चुनावी वेबसाइटले जनाएको छ ।

hilary

उक्त टिसर्टको मूल्य पैँतालीस डलर रहेको छ । प्रबल र हिलारीको राम्रो मित्रता छ । उनीहरुको मित्रता सन् २०१४ देखि भएको हो । एक कार्यक्रममा प्रवलले हिलारीसामु आफूलाई चिनाउँदा हिलारीले उनलाई पहिल्यैदेखि चिनेको बताएकी थिइन् । — एजेन्सी

America hilary clinton Prabal Gurung

विशेष