अमेरिकाले मंगलबारकाट डिभी खोल्यो

असोज १८ । अमेरिकाका लागि इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी)का लागि मंगलबारदेखि आवेदन खुला गरेको छ । आवेदन अवधि मंगलबार ९ः४५ बजेदेखि आगामी कात्तिक २२ गतेको १०ः४५ बजेसम्म रहने अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासले इडिभी आवेदन दिनका लागि कुनै शुल्क तिर्नुनपर्ने र कन्सल्ट्यान्टको सल्लाह पनि नलिन आवेदकहरुलाई सुझाव दिएको छ । आवेदकहरुले डब्लूडब्लूडब्लू डीभी लोटरी डट स्टेट डट जीओभीमा मा गई आवेदन फारम भर्नुपर्छ ।
आवश्यक प्रक्रिया र्पुयाएर फारम भरिसकेपछि आवेदकले कन्फर्मेसन नम्बरलाई नहराई राख्नुपर्नेछ । डिभीको नतिजा आउँदो वैशाखमा सार्वजनिक हुने जनाइएको छ ।
America Americale dv khulayo DV