जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

असोज – १८ । तनहुँमा जीपले ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु भएको छ । शुक्लागण्डकी १० भिमाद चोकबाट खैरेनिटार जाँदै गरेको ग १ च ७०३० नम्बरको जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४० वर्षीय शंकर साह रहेकाे प्रहरीले जनाएको छ । साहको सेती गंगा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त जीपका चालक फरार रहेका छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
jeep ko thakakrbata mirtue tanahun