४ जना मानव तस्कर दिल्लीबाट पक्राउ
असोज १८ । तेस्रो मुलुकमा आकर्षक रोजगारी लगाइ दिने भन्दै चार जना युवतीलाई ठगी गर्ने एक जना महिलासहित चार जनालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालबाट केही युवा र युवतीलाई दिल्ली हुँदै तेस्रो मुलुक पठाउने लोभ देखाएर मानव तस्करीमा संलग्न भएको प्रहरीको दाबी छ ।
अखिल भारती नेपाली एकता मन्चका सचिव आरबी खड्काले केही युवतीहरु ठगिएको भन्दै आफ्नो कार्यालयमा आएपछि उनले दिल्ली प्रहरीलाई खबर गरेका थिए । दिल्लीस्थित नेपाली दुतावास, दिल्ली प्रहरी र एकता मञ्चको पहलमा उनीहरु समातिएका हुन् ।
प्रहरीको सोधपुछको आधारमा ति व्यक्तिले उनीहरुलाई दिल्ली हुँदै न्यूजिल्याण्ड पठाउने लोभ देखाएका थिए । उनीहरुको काठमाडौंका विभिन्न होटलमा अन्तर्वार्ता लिएको नाटक गर्दै उनीहरुबाट आठदेखि दश लाख रुपयाँ संकलन गरिएको थियो ।
ति व्यक्तिहरुले नेपाली युवतीलाई देश व्यापारमा लाग्न दवाव समेत दिएपछि उनीहरुले खवर गरेका थिए । हिन्दुस्तान टाइम्स दैनिकले प्रहरी अधिकारी रवीन्द्र यादवलाई उदृत गर्दै उनीहरुको पासपोर्ट तथा अन्य कागजातहरु जफत गरिएको छ । सो पत्रिकाका अनुसार पक्राउ पर्नेमा जोन खड्का, पुर्णिमा, निरा र हरिश रहेका छन् ।
India
manab taskar pakrau