News

'टीकापुर घटनाका मुद्दा फिर्ता लिने प्रक्रिया सुरु' - गृह मन्त्री निधि

'टीकापुर घटनाका मुद्दा फिर्ता लिने प्रक्रिया सुरु' - गृह मन्त्री निधि
असोज १८ । उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले टीकापुर घटनामा संलग्नको अभियोग लागेकाको मुद्दा फिर्ता लिन प्रक्रिया सुरु भएको बताएका छन् । bimalendra-nidhi संसद बैठकमा गृहमन्त्री निधिले संवैधानिक र कानुनी प्रक्रिया बमोजिम मुद्दा फिर्ता लिन सम्बन्धित निकायसँग परामर्श जारी रहेको जानकारी गराएका हुन् । उनले भने – ‘मधेसी, थारु लगायतका समुदायले गरेको अन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न माग हुँदै आएको छ, सरकारले त्यसको गृहकार्य गर्दैछ ।’ गत वर्ष कैलालीको टीकापुरमा थारु समुदायले गरेको आन्दोलनमा हिंसा भड्किदा नेपाल प्रहरी एसएसपी सहित ७ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । गृहमन्त्री निधिले थारु, मुस्लिम लगायतका समुदायले गरेको आन्दोलनको क्रममा कैलालीको टीकापुर र जलेश्वरमा मारिएका सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गरी प्रति मृतकको परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराइएको जानकारी दिए ।

Bimalendra Nidhi tikapur hatyaka mudda firtalinea suru

विशेष