विदेश

विवाह समारोहमा आक्रमण १४ को मृत्यु

विवाह समारोहमा आक्रमण १४ को मृत्यु
असोज १८ । सिरियाको हसकाह प्रान्तमा कुर्दिस समूदायलाई लक्षित गरी एक विवाह समारोहमा गरिएको आत्मघाती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ । akraman विवाह समारोहमा पसेर आत्मघाती बम आक्रमणकारीले आफैलाई बम पड्काएको सिरियामा रहेको मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्सले जनाएको छ । घटनामा परी घाइते भएकाहरु मध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस घटनाको अहिलेसम्म कसैलेपनि जिम्मेबारी लिएको छैन । तर यसअघि यस्तै आक्रमण गर्दै आएका इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहको यसमा हात रहेको प्रहरीले आशङ्कका गरेको छ । यस क्षेत्रमा कुर्दिस सुरक्षाबल र सिरियन सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएका छन् । - एजेन्सी

bibaha samarohama atma ghati akraman syriya

विशेष