News

दसैँमा कालोबजारी मौलायोे

दसैँमा कालोबजारी मौलायोे
असोज १८ । दसैँ नजिकिँदै गर्दा जिल्लाको ग्रामीण भेगमा स्थानीय व्यापारीले उपभोक्ता ठग्न थालेका छन् । kalobazr घुर्मी, बेतिनी, साउने, खाँबु, रौता सल्ले, फोक्सिङ्टार र मुर्कुर्ची क्षेत्रमा व्यापारीको कालोबजारी गरेका स्थानीयले गुनासो गरेका छन् । व्यापारीले म्याद नाघेको अखाद्य वस्तु बिक्री गरेर उपभोक्ता ठग्ने गरेको पोखरी सल्लेका डम्बर कार्कीले आरोप लगाए । व्यापारीले मैदा, आँटा, मसला, दाल, खानेतेल, पापडलगायतका उपभोग्य वस्तु सडेको र म्याद नाघेका बिक्री गर्ने गरेका छन् । बजार अनुगमन हुन नसक्दा व्यापारीले म्याद नाघेका अखाद्य वस्तु बिक्री गरेर कालोबजारी गर्ने गरेका आँपटार कालिमाटीका सिद्धबहादुर राईले बताए । कटारी र बेतेनी बजार क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्यमा करिब ४० प्रतिशतभन्दा बढी महँगी बढेको उपभोक्ताको आरोप छ । जिल्लाको पहाडी क्षेत्रको घुर्मी बजार क्षेत्रमा धेरै उपभोग्य वस्तुमध्ये कम्पनीको ब्रान्डको गुणस्तर चिह्न नभएका कृत्रिम वस्तुसमेत बिक्री भइरहेको स्थानीय उपभोक्ता कविता खड्काले बताए । पहाडी क्षेत्रका व्यापारिक केन्द्रमा बजार अनुगमन नहुँदा व्यापारीले कालोबजारी गरेर उपभोक्ता ठग्न थालेका छन् ।

dashain sagai kalobazr moulayo Kalobazar udyapur

विशेष