विदेश

कश्मिरको राइफल्स मुख्यालयमा आतंकवादी आक्रमण

कश्मिरको राइफल्स मुख्यालयमा आतंकवादी आक्रमण
असोज १८ । –फाइन अफ कन्ट्रोल (एलओसी) सँग जोडिएको जम्बु–कश्मिरको बारामूलामा आइतबार राति दशबजे ४६ राष्ट्रिय राइफल्सको मुख्यालयमा आतंकवादी आक्रमण भएको भारतीय संचारमाध्यमले जनाएका छन् । india-kashmir_dutt-armyjpg सो आक्रमणमा परी एक जना भारतीय सैनिकको मृत्यु भएको छ भने दुई जना आक्रमणकारी मारिएको संचारमाध्यमले उल्लेख गरेका छन् । आक्रमणमा बीएसएफका दुई र सेनाका दुई जवान घाइते भएको संचारमाध्यले जनाएका छन्। राति अबेरसम्म झडप जारी थियो । आक्रमणकारीले सुरक्षा बलको क्याम्पमा दुई वटा समूह बनाएर आक्रमण गरेका थिए।उनीहरुले पहिला ग्रिनेटबाट आक्रमण गरेका थिए भने पछि गोलीबारी गरेको संचारमाध्यमले उल्लेख गरेका छन् । आक्रमणमा ५ जनाको संख्यामा आक्रमणकारी रहेको सूचना मिलेको संचारमध्यमले उल्लेख गरेका छन् । बारामुला आक्रमणपछि राजधानी दिल्लीसहित मुलुकका सबै जसो ठूला सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुम्बईमा ड्रोन आक्रमणको आशंकामा चोक चोकमा सुरक्षा व्यवस्था कडा पारिएको संचारमाध्यमले उल्लेख गरेका छन् ।

aindiakokasmirma akraman Attact India indian army

विशेष