विदेश

सिरियासम्बन्धी वार्ता अामेरीकाद्वारा स्थगित

सिरियासम्बन्धी वार्ता अामेरीकाद्वारा स्थगित
असोज १८ । अमेरिकाले सिरियासम्बन्धी रुससंगका वार्ताहरु स्थगित गर्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्रालयले युद्धविराम लागु गर्न गत महिना भएको सम्झौताका प्रावधानहरु मस्कोले पालना नगरेको जनाएको छ । syiria उसले उक्त सम्झौतामा सिरियाली सरकारलाई अडिग राखिरहन रुस विफल पनि भएको बताएको छ । अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता जन अर्नेस्टले भने, 'के कुरा प्रष्ट छ भने, सिरियामा हिंसा घटाउने सहमतिमा पुग्नका लागि प्रयास गर्नेसम्बन्धमा अमेरिका र रुसबिच अब थप कुराका लागि केही पनि छैन । र, यो दुःखद हो'। रुसी विदेश मन्त्रालयले पछिल्लो अमेरिकी कदमप्रति खेद जनाउंदै अमेरिका स्वयम् सम्झौतामा अडिन नसकेपछि मस्कोमाथि आरोप थुपारेको जवाफ दिएको छ । जिहादी समूहहरुविरुद्ध मिलेर हवाई आक्रमण गर्नेबारे अमेरिका र रुसका अधिकारीहरुबिच जिनेभामा वार्ता गर्ने तय भएको थियो । तर पछिल्लो कदमसंगै अमेरिकी अधिकारीहरुलाई घर फर्कन भनिएको छ । सिरियाको एलेप्पो शहरको विद्रोही नियन्त्रित भागस्थित सबैभन्दा ठूलो अस्पतालमाथि पुनस् हवाई हमला भएको विवरणहरु प्राप्त भएका छन् । एक सातामा उक्त अस्पतालमा यो तेस्रो आक्रमण हो । अभियानकर्मीहरुले उपलब्ध गराएको भिडियोमा ‘एम टेन’ अस्पतालको एउटा भागमा पर्खाल भत्किएको र ठूलो खाल्डो परेको देखिन्छ । अस्पताललाई सहयोग गर्दै आएको एउटा परोपकारी संस्थाले सोमबारको आक्रमणमा मर्मतसम्भारसम्बन्धी तीन जना कर्मचारीको ज्यान गएको बताएको छ । दुई साताअघि युद्धविराम भंग भएयता एलेप्पोमा भीषण हवाई हमला भइरहेको छ । त्यहाँ सरकारी फौजले गरेको कारबाहीमा बालबालिकासहित सयौं मानिसको ज्यान गइसकेको छ । पूर्वी एलेप्पोमा करिब २ लाख ५० हजार मानिस फसिरहेको अनुमान गरिएको छ । - एजेन्सी

America Masko russ syiria

विशेष