News

सांसदको १ महिनकाे खाजा खर्चबाट ५५ लाख जाेगियाे (विवरणसहित)

सांसदको १ महिनकाे खाजा खर्चबाट ५५ लाख जाेगियाे (विवरणसहित)
असोज १८ । सांसदहरुले खाना र खाजाका लागि पाउँदै आएको कुपन सिस्टम हटेपछि संसद सचिवालयले भदौ महिनामा मात्र ५५ लाख रुपैयाँ खर्च कटौती गरेको छ । bicc संसद सचिवालयले जारी गरेको गतवर्ष र अहिलेको तुलनात्मक विवरणअनुसार यो वर्ष भदौ महिनामा मात्र ५५ लाख ५१ हजार ६ सय ६२ रुपैयाँ बचत भएको हो । गतवर्ष संसद सचिवालयले सांसदहरुको खाना र खाजामा ५७ लाख ९७ हजार ४ सय ६२ रुपैयाँ खर्चिएको थियो। तर यो वर्षको भदौमा भने २ लाख ४५ हजार ८ सय मात्र खर्च भएको हो । सभामुख ओनसरी घर्तीले कुपन सिस्टम हटाउँदै सांसदहरुलाई बैठक भएको दिन दैनिक ४ सय खाजारखानाका लागि दिने निर्णय लिएकी थिइन् । कुपन सिस्टम हटेपछि अहिले संसदीय समितिको बैठकहरुमा ’सेल्फ सर्भिस सिस्टम’ लागू गरिएको छ । सांसदहरुले आफैं आफ्ना लागि चिया बनाएर खान पाउनेछन् । बैठकमा चिया बाहेकका खानेकुरा वितरण रोकिएको छ। यसअघि बिहान हुने बैठकपछि संसद सचिवालयले खाना र दिउँसो बैठकमा खाजाको प्रबन्ध गर्दै आएको थियो । samsad-bibaran त्यस्तै संसदको सचिवालय र संसदीय दल तर्फको खर्च समेत कटौती भएको छ । गत वर्षको भदौ महिनामा संसदीय दलहरुले खाना र खाजामा ५ लाख ६९ हजार ९ सय ९८ खर्च गरेका थिए । तर यो वर्ष भदौमा ४ लाख ८८ हजार ६ सय ६६ मात्र खर्च भएको छ । त्यस्तै संसद सचिवालयले पनि गतवर्ष ३३ हजार ४ सय १३ खर्च गरेकोमा यस वर्ष २८ हजार १७ रुपैयाँ खर्च गरेको छ । समितिले एक महिनामा सांसदको खाना खर्च, सचिवालयको खर्च र संसदीय दलबाट खर्च कटौती गर्दै कुल ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ जोगाएको हो ।

samad kharcha

विशेष