News

रेडपाण्डाको छालासहित जडिबुटीबाट दुई युवक पक्राउ

रेडपाण्डाको छालासहित जडिबुटीबाट दुई युवक पक्राउ
असोज – १८ । रेडपाण्डाको छाला सहित दुई जनालाई केन्दीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बराम्ची, २ का १८ वर्षीय आर्यन श्रेष्ठ र सोही स्थान बस्ने २२ वर्षीय नरेन्द्र लाल श्रेष्ठ रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।   दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानूनी ओसार पसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्जा तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे (Red Panda)को छाला खरिद बिक्रि तथा ओसार पसार राष्ट्रिय निकुञ्जष तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध मानिन्छ । हाब्रे को छाला तथा अङ्गहरूको कुनै पनि प्रयोग नहुने एवं यसको बजार मुल्य समेत नभएको अवस्थामा राम्रो मुल्यमा बिक्री हुन्छ भन्ने अफवाहको आधारमा उच्च पहाडी ईलाकाबाट हाब्रे मारी बिक्री गर्न काठमाडाैं उपत्यका लगायतका सहरहरूमा ल्याउने गरेको हालसम्मको अनुसन्धानबाट ब्युराेले जनाएकाे छ । यस्तो अपराध गरेमा चालीस हजार रुपैयाँदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिवाना वा एक बर्षदेखि दश बर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरिएको ।  

विशेष