ताजा खबर News

नेपाल भारत वाणिज्य सन्धी हुबहु नविकरण गरिँदै

नेपाल भारत वाणिज्य सन्धी हुबहु नविकरण गरिँदै

nepal-india असोज १९ । सरकारले व्यापार घाटा आकासीय पनि द्विपक्षिय चिसो सम्बन्धका कारण वाणिज्य सन्धि जस्ताको तस्तै नवीकरण गर्ने तयारी गरेको छ ।

यही अक्टोबर २७ मा म्याद सकिने उक्त सन्धी अहिलेको परिस्थितिमा र भावी परिणामसमेत नहेरी हुबहु नविकरण गर्न लागिएको हो ।

यसअधि २०६६ असोज १० मा सात वर्षका लागि सन्धी नविकरण भएको थियो । निजी क्षेत्र र वाणिज्य मन्त्रालयका अधिकारी चुलिँदो व्यापार घाटा कमगर्न सन्धिका विभिन्न प्रावधान परिवर्तन गरिनुपर्ने औल्याउँछन् । पछिल्लो अवस्थामा सरकार भने भारतसँग यस्तो जोखिम मोल्न तयार देखिदैँन । अन्नपूर्ण पोष्ट

Nepal-India

विशेष