ताजा खबर News

विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

world-press

असोज १९ । नेपाल प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्ष चयन भएका छन् । साइप्रसमा मंगलबार साँझ सम्पन्न विश्व प्रेस काउन्सिल चुनावबाट साइप्रसकी प्रोफेसर डक्टर सुले अकर अध्यक्षमा चयन भएकी छन् ।

अमेरिकाकी क्रिश कोनिबियरलाई हराएर सुले अध्यक्ष निर्वाचित भएकी हुन् । यसअघि पनि उपाध्यक्ष रहेका किशोर श्रेष्ठले आफु सर्वसम्मत रुपमा प्रथम उपाध्यक्ष चयन भएको जनाएका छन् । प्रथम उपाध्यक्ष काउन्सिलमा अध्यक्षपछिको दोस्रो उच्च पद हो ।

नेपाल प्रेस काउन्सिल सदस्यमा चार वर्षको अवधी थपिए लगत्तै विश्व प्रेस काउन्सिल सम्मेलनमा सहभागी हुन काउन्सिलका अर्का सदस्य तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी सहित श्रेष्ठ साइप्रस पुगेका थिए ।

kishor shrestha

विशेष