ताजा खबर राजनीति News

राष्ट्रपतिद्वारा ६ विधेयक प्रमाणित

राष्ट्रपतिद्वारा ६ विधेयक प्रमाणित

असोज १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न ६ विधेयक प्रमाणीकरण गरेकी छिन् । संसद्का विभिन्न बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण भएका विधेयकमा ‘विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७३’, ‘कर्मचारी सञ्चय कोषलाई संशोधन गर्न बनेको विधेयक, २०७३’, ‘लेखापरीक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७३’ र ‘निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३’ छन् ।

यस्तै ‘बैंकिङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७३’ र ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक, २०७३’ पनि प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विशेष