ताजा खबर विदेश News

फिफाले गर्यो ११ शक्तिशाली देशलाई कारबाही

फिफाले गर्यो ११ शक्तिशाली देशलाई कारबाही

fifa असोज १९ । विश्व फुटबलको प्रशासकीय निकाये फिफाले ११ देशका फुटबल एसोसियसनहरुलाई कार्वाही गरेको छ । विश्वकप २०१८ को छनौट खेलको क्रममा असहयोग र भेदभावपूर्ण व्यवहार भएको भन्दै फिफाले ती देशका एसोसियसनहरुलाई कार्वाही गरेको हो ।

फिफाले छनोट खेलको क्रममा समर्थकहरुले असहयोग र भेदभावपूर्ण व्यवाहार गरेको आरोप लगाउदै ती एसोसियसनहरुलाई जरिवाना तोकेको हो ।

फिफाको कार्वाहीमा पर्नेहरुमा ब्राजिल, इटाली, अर्जेन्टिना, चिली, क्यानडा, मेक्सिको, एल साल्भाडोर, अल्बानिया, पाराग्वेय, होन्डुरस र पेरुलाई जरिवाना तोकेको हो ।

Fifa

विशेष