खेल ताजा खबर News

चारपल्टको ए डिभिजन च्याम्पियन न्युरोड टिम एनआरटी सहिद स्मारक ए डिभिजनमा उक्लियो

चारपल्टको ए डिभिजन च्याम्पियन न्युरोड टिम एनआरटी सहिद स्मारक ए डिभिजनमा उक्लियो

n असोज १९ । चारपल्टको सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन न्युरोड टिम (एनआरटी) मंगलबार २–० ले सातदोबाटो युथ क्लबलाई हराउंदै ए डिभिजनमा उक्लिएको छ ।

हलचोक मैदानमा भएको खेलमा हारसँगै सातदोबाटोको पहिलोपल्ट ए डिभिजनमा उक्लिने संभावना समाप्त भयो । उसलाई बढुवा हात पार्न अन्तिम चरणको खेलमा एनआरटीविरुद्ध निश्चित जित चाहिएको थियो । तर, नतिजा उसको पक्षमा रहेन । विश्वजित गुरुङले ४२ र ७१ औं मिनेटमा गोल गर्दै एनआरटीको जित पक्का गरेका थिए । एनआरटीका कप्तान प्रवीन सैंजु दोस्रो हाफमा पेनाल्टीमा चुकेका थिए । लिगमा बासबारीसँग मात्र हारेको एनआरटी ८ जित, ४ बराबरी नतिजासँगै २८ अंक बनाएर दोस्रो स्थानमा रहदै ए डिभिजनमा उक्लिएको हो ।

ए डिभिजन लिग खेलिसकेका राजकुमार घिसिङ, प्रवीन सैंजु, सुशील लामा, कब्बु राई, मनीष घले र राजकुमार घिसिङ पनि एनआरटीमा थिए । ‘उनीहरुको अनुभवले धेरै सजिलो भयो,’ मुल्मीले भने । नेपाली राष्ट्रिय फुटबल टिमका यी पूर्वप्रशिक्ष्ँकलाई श्याम माली, श्रीप्रकाश वैद्य र अमिर डंगोलले सहयोग गरेका थिए ।

एक खेल बाँकी छँदै ए डिभिजन यात्रा तय गरिसकेको च्यासल युवा क्लब अन्तिम खेलमा बासबारीमाथि ५–० को जित निकाल्दै बी डिभिजन लिग च्याम्पियन भएको छ ।

एनआरटी र च्यासलले २८–२८ अंक जोडे । यी दुईको भेट बारबरीमा सकिएको थियो । त्यसैले गोल अन्तरको आधारमा एनआरटीलाई उछिन्दै च्यासलन च्याम्पियन भएको हो ।

Newroad team NRT

विशेष