सिरियामा विवाह समारोहमा आत्मघाती आक्रमण २२ जनाको मृत्यु

असोज १९ । सिरियाको हसकाह प्रान्तमा कुर्दिस समूदायलाई लक्ष्यगरी एक विवाह समारोहमा गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
सो विवाह समारोहमा पसेर आत्मघाती बम आक्रमणकारीले आफैलाई बम पड्काएको सिरियामा रहेको मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्सले जनाएको छ । घटनाको अहिलेसम्म कसैलेपनि जिम्मेबारी लिएको छैन । तर यसअघि यस्तै आक्रमण गर्दै आएका इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहको यसमा हात रहेको प्रहरीले आशङ्कका गरेको छ ।
यस क्षेत्रमा कुर्दिस सुरक्षाबल र सिरियन सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएका छन् ।
Siriya war