News

दुई कराेडकाे लगानीमा 'द वल्ड फन पार्क' सञ्चालन

दुई कराेडकाे लगानीमा 'द वल्ड फन पार्क' सञ्चालन
असाेज १९ । झापासहित पूर्वका पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको ‘द वल्ड फन पार्क’ मङ्गलबारबाट  सञ्चालनमा आएको छ । [caption id="attachment_31603" align="alignleft" width="300"]fun park rss[/caption] शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वरधाम नजिकै रू. दुई करोडको लगानीमा निर्माण गरिएको उक्तपार्कको नेपाली चलचित्रका कलाकार सुनिल थापाले उद्घाटन गरेका हुन् । पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागाईं, समीर मोदी र राजनारायण साहको लगानी रहेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले फन पार्क सञ्चालनमा ल्याइएको पार्क सञ्चालन समितिका सदस्य साहले बताए । एक लाख ८५ हजार वर्गफिटमा फैलिएको उक्त पार्कमा दुई वर्षमाथि उमेर समूहका जो कोहीले पनि भरपुर मनोरञ्जन लिन सकिने बताएको छ । छिमेकी मित्र राष्ट्र भारतको सिक्किम, दार्जिलिङ, मिरिक र सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सो पार्क सञ्चालनमा ल्याइएको सञ्चालक साहको भनाइ छ । पच्चीस वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको । २० जनाले पार्कमा रोजगारी पाएको पार्क निर्माण समितिका अध्यक्ष जोशीले बताए । पार्कमा वनभोजस्थलको समेत व्यवस्था गरिएको छ । पार्कमा वाटरबल, बोटिङ, सुमो स्विट, पेन्ट बल, एटिभीबाहेक रेण्ड डान्स, वाटर जर्ब, बडी जर्ब, मोनोक्रोम रेस्टुरेण्ट र किड्स जोनको सुविधा रहेको बताइएको छ । जुन सेवा पोखरापछि झापामा मात्र रहेको बताइएको छ । पार्कका सञ्चालक समिति सदस्य साहका अनुसार एकै दिनमा पाँच हजार बढीले पार्कको अवलोकन गरेका छन् ।

Jhapa World fun park

विशेष