News

माछापुच्छ्रे बैंकको सीइओमा निरज श्रेष्ठ नियुक्त

माछापुच्छ्रे बैंकको सीइओमा निरज श्रेष्ठ नियुक्त
असोज १९ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् । niraj-shreshtha-280x300 सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई असोज २८ गतेदेखि लागू हुनेगरी आगामी चार बर्षे कार्यकालका लागि सीइओमा नियुक्ती गरेको हो । यसअघिका सीइओ तुलसीराम गौतमको कार्यकाल सकिएपछि गत सातामात्रै विदामा बसेका थिए । सञ्चालक समितिले गौतमको कार्यकाल थप नगरेको हो । नवनियुक्त सीइओ श्रेष्ठ यसअघि एस डेभलपमेन्टको सइओ थिए । एसको सीइओ हुनुभन्दा अघि उनी ग्लोबल आइएमइ बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतकोरुपमा कार्यरत थिए । श्रेष्ठले तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए ।

CEO machhapuchhre bank Niraj Shrestha

विशेष