News

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
असोज १९ । आबु खैरेनी ८ ऐनापहरामा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान आठ बजे खसेको पहिरोले राजमार्ग पूर्णरुपमा बन्द भएको प्रहरीले जनाएको छ । pahiro इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रमुख इन्सपेक्टर लेमप्रताव सेनका अनुसार बिहान ८ बजेको समयमा सुख्खा पहिरो खसेको हो । निकै ठूलो ढिस्को खसेकाले बाटो खुलाउन समय लाग्ने देखिएको छ । प्रहरीले स्काभेटर झिकाएर बाटो पन्छाउने काम गरिरहेको छ । अहिलेकै अवस्थामा बाटो खुलाउन करिब पाँच घण्टा लाग्ने देखिएको छ । बाटो अवरुद्ध भएपछि गोरखा तथा पोखरा जाने तथा त्यहाँबाट काठमाडौं फर्कने यात्रु समस्यामा परेका छन् ।

pahiro gayo prithibi rajmarga

विशेष