News

नवलपरासीमा विशेष सुरक्षा योजना लागू

नवलपरासीमा विशेष सुरक्षा योजना लागू

असोज - १९, नवलपरासी । चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ ।बडा दसैँ, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु हुने भएकोले त्यसको रोकथामका लागि जिल्लामा यस्तो योजना लागू गरिएको हो ।

police

नवलपरासीको सम्पूर्ण बजार क्षेत्र गाउटोल, जंगल क्षेत्र, नेपाल भारत नाकाहरुमा प्रयाप्त संख्यामा प्रहरी परिचालन गरेर विशेष सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताएका छन् । ती क्षेत्रहरुमा प्रहरीहरुले रात्रिकालिन गस्ती समेत दिइरहेको एस पी चौधरीले जानकारी दिए ।

नवलपरासीमा चाडपर्व लक्षित गर्दै रातकाे समयमा चोरीको घटना बढदै गइरहेको गुनासो बढेपछि रात्रिकालिन प्रहरी गस्ती बढाइएको हो । चाडपर्वमा हुने चोरी, डकैती, लुटपाट र झै-झगडा लगायतका घटनाहरु हुन नदिन जिल्लाका सबै प्रहरी चोकी, इलाका र बिट युनिटलाई सतकर्ताका साथ काम गर्न निर्देशन दिइसकेको उनले बताए ।

एस पी चौधरीका अनुसार जिल्लाको सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, दुम्किबास, अरुणखोला, चोरमारा, डंडा, कावासोती, गैडाकोट, त्रिबेणी बजार, झुलनिपुर, भुजहवा, महेशपुर, विसुनपुरा लगायत मुख्य बजार र सिमावर्ती नाकाहरुमा चेकजाँच बढाइएको छ ।

चाडपर्वमा नवलपरासीमा मदिरा विक्री वितरण बढी मात्रामा हुने गरेकाले मदिरा तथा जुवा-तास नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको चौधरीले बताए । उनले जिल्लाको जुनसुकै ठाँउमा कुनै/केही किसिमको अपराधिक तथा समाजिक शान्ति सुरक्षा भंग हुने किसिमका घटना घट्न नदिन तथा घटना हुन सक्ने शंका लागेमा तुरुन्त प्रहरीलाई वा ९८५७०६५५५५ मा सम्पर्क गराउन सबैलाई आग्रह गरेका हुन् । एस पी चौधरीको शान्ति सुरक्षा योजनालाई चौतर्फी प्रशंसा गरिएको छ । - रबिन्द्र यादव / नवलपरासी

nawalparasi police Police rajendra prasad chaudhary

विशेष