मालपोत कार्यालय प्रमुख लम्साल ४० हजार घुस लिँदा लिँदै पक्राउ

असोज १९ । मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्साल सेवाग्राहीबाट ४० हजार घुस लिँदा लिँदै पक्राउ परेका छन् ।
कार्यालयमै विवादित जग्गाको मामिला मिलाइदिने भन्दै लम्सालले ४० हजार घुस मागेको र घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको सहकर्मी सत्यनाराण चौधरीले जानकारी दिए ।
सहकर्मी चौधरीका अनुसार लम्साललाई पक्राउ गरेपछि पत्रकारहरु भेला भएका र सबैलाई भित्र जान दिइएको छैन । लम्सालले सिरहा नगरपालिका –१३ का दीपु साहबाट ४० हजार घुस लिएका हुन् ।
Ghus
malpot karyalaya pramukh pakyau
Siraha
