विदेश

पत्रिका प्रकाशनमा भारतले हस्तक्षप गरेको भन्दै विरोध

पत्रिका प्रकाशनमा भारतले हस्तक्षप गरेको भन्दै विरोध

असोज –१९ । काश्मिरमा केही महिनादेखि चलिरहेको तनावको कारण जम्मु–काश्मिरमा भारतीय प्रशासनले स्थानीय पत्रिका प्रकाशनमा गरेको अवरोधको अधिकारकर्मीले विरोध गरेका छन् ।

india

काश्मिरको अंग्रेजी दैनिक पत्रिका ‘द काश्मिर रिडर’ को प्रकाशन भारतीय अधिकारीको अवरोधका कारण आइतबारदेखि बन्द भएको छ ।

काश्मिरमा चलेको तनावपछि भारतीय प्रशासनले पत्रिकाको प्रकाशन बन्द गराएका हुन् । भारतीय अधिकारीले पत्रिकाले हिंसालाई उकास्ने काम गरेको आरोप लगाएका छन् ।

प्रशासनको कार्यले स्वतन्त्र पत्रकारिताको अधिकारमा प्रहार भएको अधिकारवादी समूहले बताएका छन् ।

श्रीनगरबाट चारवर्षदेखि प्रकाशन हुँदै आएको ‘द काश्मिर रिडर’ स्थानीय स्तरमा लोकप्रिय पत्रिका हो ।

India Kasmir patrika prakashan ma rok

विशेष