News

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ
असोज–१९ । एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ परेका नागरिकबाट १०० मिलिलिटरको कोरेक्स बरामद गरिएको हो । hatkadi पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला अन्तर्गत बेला ग्रामपञ्चायत सिरसिया वडा नं.९ का ३५ वर्षीय विरेन्द्र महतो रहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको प्रहरी टोलीले सुराकीको आधारमा इटहर्वाकट्टी वडा नं.२ स्थित सडकबाट उनलाई पक्राउ गरेको हो । उनलाई लागुऔषध अन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

Lagu Ausad mahottari Pakrau

विशेष