अपराध सुरक्षा News

प्रमुख आयुक्त कार्कीको घरमा सूचना टाँस्न गएको सर्वौच्च अदालतको विशेष टोली त्यतिकै फर्कियाे

प्रमुख आयुक्त कार्कीको घरमा सूचना टाँस्न गएको सर्वौच्च अदालतको विशेष टोली त्यतिकै फर्कियाे
असाेज - १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्न गएको सर्वौच्च अदालतको विशेष टोली त्यतिकै फर्किएको छ । कार्कीको नयाँ बानेश्वरस्थित घरमा सूचना टाँस गर्नका लागि बुधबार टोली सर्बोच्चबाट गएको थियो । lokman बानेश्वरमा रहेको सो घर कार्कीले भाडामा लगाएको बुझिएकाले ’भाडाको घरमा टाँस्न नमिलेको’ अदालतका तामिल्दार शम्भू खत्रीले बताए। कार्कीको घरमा कोहि पनि आफन्त नबस्ने भएपछि टोलीले वडा कार्यालयको रोहवरमा नै सूचना टास्ने तयारी समेत गरेको थियो । तर, वडा नम्बर १० की सचिव सरिता राई अदालत कर्मचारीको सम्पर्कमै नआएपछि टोली फर्किएको हो । आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसक्नुभएको छ भने कार्कीले बुझ्न अस्विकार गर्दे आउनुभएको थियो । अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हाल्नुभएको थियो ।

Akhtiyar parmukh Lok Man Shing Karki

विशेष