News

खैरो हेरोइन सहित ४ पक्राउ

खैरो हेरोइन सहित ४ पक्राउ
असोज १९ । स्वयम्भू क्षेत्रमा खैरो हेरोइनको कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन चैनपुर घर भइ हाल स्वयम्भू बस्ने कल्याणी गुरुङ, सुनिल कुमार स्याङ्बो, भारत मोतिहारीका जोगेन्दर चौधरी र रक्सौल पूर्वी चम्पारणका गुलाव पासवान छन् । hatkadi प्रहरीले उनीहरुको साथबाट एक सय ५ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ । यो समूहले भारतका खुद्रा कारोबारीबाट खैरो हेरोइन खरिद गरेर राजधानीका दुव्र्यसनीलाई बिक्री गर्दै आएको महानगरीय प्रहरी वृत्त स्वयम्भू जनाएको छ ।

khairo heroin sahit sahit pakrau

विशेष