News

प्रधानमन्त्री प्रचण्डद्वारा नेपालका लागि चीनियाँ राजदूत ताइलाई बिदाइ

प्रधानमन्त्री प्रचण्डद्वारा नेपालका लागि चीनियाँ राजदूत ताइलाई बिदाइ
असाेज - १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि चीनियाँ राजदूत हु–चुन ताइलाई बिदाइ गरेका छन् । pm-dahal बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत ताइले आफ्नो ३ वर्ष ८ महिनाको कार्यकालमा नेपालबाट अत्यन्तै राम्रो र सकारात्मक सहयोग पाएको बताएका छन् । राजदूत ताइले भने, ‘मेरो ३ वर्ष ८ महिनाको कार्यकालमा नेपालबाट अत्यन्तै राम्रो, न्यानो र सकारात्मक सहयोग पाएँ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको सहयोग र सद्भाव निकै महत्वपूर्ण छ । यसले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बनाएको छ ।’ ताइले आफ्नो कार्यकालमा नेपाली जनताको न्यानो माया पाएको बताउँदै आफू चीन फर्केपछि नेपालको जलविद्युत्, रेलमार्ग लगायतका भौतिक विकासका लागि चीन सरकारसँग कुरा गर्ने बताए । ताइले नेपाल राजनीतिक रुपमा सही दिशामा अगाडि बढेको बताउँदै संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि नेपाललाई सफलता मिल्ने विश्वास व्यक्त गरे । भेटमा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा राजदूत ताइले खेलेको सकारात्मक, कुटनीतिक र सौहार्द सम्बन्धका लागि धन्यवाद दिँदै ताइको कार्यकालमा नेपाल–चीन सम्बन्ध थप उचाईमा पुगेको बताए ।

hu chun tai pm pushpakamal dahal prachanda

विशेष