नेतृत्वको लागि लगनशीन र निस्वार्थ भावनाको आवश्यकता हुनु पर्छ: राष्ट्रपति भण्डारी

असोज – १९ । राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेतृत्वको लागि लगनशीलता र निस्वार्थ भावना अनि त्यागको आवश्यकता रहेको बताएकी छन् । बुधबार राष्ट्रपति भवन, शीतलनिवासमा पाँचौ अन्तराष्ट्रिय बालिका दिवस, २०१६ का अवसरमा आयोजित ‘राष्ट्रपतिसँग बालिका’ कार्यक्रममा सो कुरा बताएकी हुन् ।
समग्र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको सो २० जिल्लाका ४० किशोरीले भाग लिएका थिए । किशोरीहरुले ‘नेतृत्वमा बालिका अभियान’ अन्तर्गत ‘बालिका संसद’को अभ्यास गरेर देखाएका थिए । सो अभ्यासमा नेपालमा किशोरीहरुले भोगिरहेका चुनौति र तिनको समाधानमा केन्द्रित रहेर नमूना नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा ब्यवस्थापिका–संसदको बिकास समितिका अध्यक्ष रबिन्द्र श्रेष्ठले बालिका किशोरीहरुले अवसर पाएमा आजैबाट उनीहरु समाज र देशमा कुनैपनि नेतृत्व लिन तयार हुन सक्तछन् त्यसैले अवसर दिनुपर्छ भन्नेकुरामा जोड दिइन् ।
संयुक्त राष्ट्र संघले अन्तर्रा्ष्ट्रिय बालिका दिवस, २०११ देखि हरेक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गरी अक्टोबर ११ का दिन संसारभर मनाउने गरेको छ ।
bidhya debi bhandari
