News

परराष्ट्रमन्त्री दोस्रो एसिया सहयोग संवादमा भाग लिन शुक्रबार जाने

परराष्ट्रमन्त्री दोस्रो एसिया सहयोग संवादमा भाग लिन शुक्रबार जाने
२० असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत दोस्रो एसिया सहयोग संवाद (एसिडी) सम्मेलनमा भाग लिन शुक्रबार थाइल्यान्ड प्रस्थान गर्ने भएका छन् । prakash-sharan-mahat सो सम्मेलन यही असोज २२ देखि २४ गते बैंककमा हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘एक एसिया, विविध बल’ विषयमा हुने सो सम्मेलनमा मन्त्री डा महतले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसिया सहयोग २०३० को दृष्टिकोण र विकासको साझेदारका विषयमा पनि छलफल भई बैंकक घोषणापत्र लगायत जारी गरिने छ । मन्त्री डा महतसँगै परराष्ट्र सचिव शङ्करदास वैरागी, थाइल्यायन्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराई लगायत सम्मेलनमा सहभागी हुने छन्। एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसिडी स्थापना भएको हो । नेपाल एसिडीको चौतिऔँँ सदस्य राष्ट्र हो । मन्त्री डा महत यही असोज २५ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ । रासस

Prakashsharan Mahat

विशेष